लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अण्डाः उसिनेको, अम्लेट कि पोच ? कुन बढी फाइदाजनक ?

प्रायः धेरै मानिस अण्डालाई मांशाहारी मान्छन्, त्यसैले खाँदैनन् । यद्यपि, स्वास्थ्य विशेषज्ञका अनुसार जुन मानिसलाई अण्डाको सेवनबाट एलर्जी हुँदैन, त्यस्ता मानिसका लागि अण्डा अति नै फाइदाजनक हुन्छ ।

अण्डामा प्रयाप्त मात्रामा प्रोटीन, भिटामिन तथा खनिज हुन्छ, जुन शरीरका लागि अति नै आवश्यक हुन्छ । अण्डा खानाले विभिन्न किसिमका स्वास्थ्य लाभ प्राप्त हुन्छ ।

अण्डा खाँदा पाइने फाइदाका बारेमा थाहा पाउनुभन्दा अगाडि यसमा समावेश पोषक तत्वको बारेमा थाहा पाउनु आवश्यक हुन्छ ।

एउटा अण्डामा कार्ब्स, प्रोटीन, भिटामिन ए, भिटामिन बी २, भिटामिन बी १२, भिटामिन बी५,फस्फोरस, सेलेनियम, भिटामिन डी, जिङ्क, क्याल्शियम आदि न्यूट्रिएन्ट्स हुन्छ ।

अण्डामा समावेश न्यूट्रिएन्ट्सले शरीरमा भएका कमीलाई पुरा गर्छ । त्यस्तै, अण्डामा केहि पोषक तत्व अत्यधिक मात्रामा पाइन्छ, जसले शरीरलाई हरेक प्रकारले फाइदा दिन्छ ।

प्रोटीनको कमी

अण्डामा पर्याप्त मात्रामा प्रोटीन हुन्छ, जुन शरीरका लागि अति आवश्यक हुन्छ । प्रोटीनबाट मांसपेशिको निर्माण हुन्छ । कपाल र नंग बलियो हुन्छ र शरीरलाई उर्जा प्राप्त हुन्छ ।

स्मरणशक्तिका लागि

अण्डामा समावेश कोलीन दिमागको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कोलीनले स्मरणशक्ति र सिक्ने क्षमता बढाउँछ ।

आँखाको ज्योती

अण्डामा समावेश ल्यूटिन र जेक्सेथीनले आँखाको ज्योतीलाई बढाउन सहयोग पुर्याउँछ । यी दुवै पोषक तत्वले मोतिबिन्दुको जोखिम कम गर्छ ।

अण्डा खाने सही तरिका

अण्डा खाने विभिन्न तरिकाहरु छन् । अण्डालाई उसिनेर, अम्लेट बनाएर अथवा स्याण्डबीच बनाएर खान सकिन्छ । यीमध्ये सबैभन्दा पौष्टिक तरिका भनेको अण्डा उसिनेर खानु नै हुन्छ । उसिनेको अण्डामा सम्पूर्ण किसिमका पोषक तत्व सुरक्षित हुन्छ । त्यस्तै यदि आण्डा फ्राई गर्न चाहानु हुन्छ भने कम तेलमा फ्राई गर्नु पर्छ । अण्डालाई फ्राई गर्दा बढी तेल हाल्नु हुँदैन । बढी तेल हाल्दा अण्डामा क्यालोरी र फ्याटको मात्रा बढ्छ ।

अण्डा खाने सही समय

अण्डा खानुको सबैभन्दा सही समय भनेको बिहान हो । बिहानको खानामा अथवा खाजामा अण्डा खानाले शरीरलाई दिनभरीका लागि उर्जा प्राप्त हुन्छ । अण्डालाई दिउँसो अथवा राति पनि खान सकिन्छ तर पाचन सम्बन्धित समस्या हुन सक्छ ।

अण्डा खाने मात्रा

एउटा स्वस्थ व्यक्तिले एक दिनमा एक अथवा दुई वटा अण्डा खानु पर्छ । यदि तपाईँको पाचन क्षमता सही छ भने दिनमा तीन वटा अण्डा पनि खान सक्नु हुन्छ ।


प्रकाशित : २०८० पुष २, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप