स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६२८ नमूना परीक्षणमध्ये १५८ पीसीआर र ११७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९३२ छ ।
मन्त्रालयका अनुसार थप ५५५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५५ हजार ४५८ पुगेको छ ।
हाल मुलुकभर ९ हजार २८० सक्रिय संक्रमित छन् ।
प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार : प्रकाशित